Logo

लायन्स क्लब इन्द्रावतीद्वारा बुद्धिष्ट बालगृहका बालबालिकालाई निशुल्क भोजन



प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले सामाजिक सेवा कार्यमा लायन्स क्लब इन्द्रावतीले उल्लेख्य कार्य गर्दै आइरहेको धन्यवाद दिँदै बालबालिकाको क्षेत्रमा समेत माया, स्नेह प्रेम र सद्भाव बाँड्ने कार्यमा अग्रसर रहेकोमा धन्यवाद व्यक्त गर्नुभयो । 

पुस २ गते जोरपाटीस्थित बुद्धिष्ट बालगृहमा आयोजित कार्यक्रम प्रमुख अतिथि झुसालले सो कुरा बताउनु हो । लायन्स क्लब इन्द्रावतीका चार्टर प्रेसिडेन्ट प्रल्हाद बस्नेतको सभापतित्व एवं लायन्य क्लबका रिजनल चेयरपर्सन सुष्मा कोइरालाको विशेष आतिथ्यतामा सो कार्यकम्र सम्पन्न भएको थियो ।  
   
कार्यक्रममा बालगृह महासंघ नेपालका केन्द्र अध्यक्ष सीतादेवी मैनाली, प्रेस काउन्सिल नेपालका सह–प्रशासकीय अधिकृत राधेश्याम अधिकारीलगायत उल्लेख्य उपस्थिति रहेको थियो । 

लायन्स क्लब इन्द्रवतीका सेक्रेटर विशालप्रसाद पौडेल, र सदस्य बिबिका मल्ल धितालको जन्मोत्सव समेत बालगृहका भाइबहिनीसँगै बसेर मनाइएको थियो । साथै बालबालिकाहरुसँगै बसेर भोजन समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन लायन्स क्लब इन्द्रावतीको फष्ट भीपी मदनकृष्ण सिलवालले गर्नुभएको थियो ।
 

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार १०:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।