Logo

पूर्व अर्थमन्त्री खतिवडा अमेरिका राजदूतमा नियुक्त 



पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त भएका छन् । उनलाई आज राष्ट्रपति कार्यालयले अमेरिकाको आवासिय राजदुतमा नियुक्त गरेको हो । यसअघि मन्त्रिपरिषद् बैठकले उनलाई अमेरिकाको लागि राजदुतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा डा. युवराज खतिवडालाई सुयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासिय राजदूतमा नियुक्त गरिएको छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : पुष ७, २०७७ मंगलबार  ४ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।