इटालियन सिरी ‘ए’ मा युभेन्टसले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । फियोरेन्टिनाले युभेन्टसलाई ३–० ले आफ्नै घरमा हराएको हो ।
एलिएन्ज स्टेडियम टोरिनोमा मंगलबार राति भएको खेलमा पाहुना टोली फियोरेन्टिनाले खेलको तेस्रो मिनेटमा नै डुसान भ्लाहोभिकको गोलबाट अग्रता लिएको थियो ।
एक गोलले पछि परेको युभेन्टस १८औं मिनेटमा १० खेलाडीमा समेटियो । जुवान क्वारड्राडोले गेइटानो कास्ट्रोभेल्लीलाई फल गरेपछि सुरुमा पहेलो कार्ड देखाएपनि भिएआरको सहाया लिदै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएपछि युभेन्टस समस्यामा परेको थियो ।
१० खेलाडीमा समेटिएपनि युभेन्टसले फियोरेन्टिनालाई दवावमा राखेपनि ७६औं मिनेटमा एलेक्स सान्द्रोले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्टसको खेलमा फर्कने सम्भावना सकिएको थियो ।
८१औं मिनेटमा बिराघीकै पासमा मार्टिन कासेरेसले गोल गर्दै फियोरेन्टिनालाई ३–० ले अघि बढाए ।
यो हारसँगै युभेन्टस १३ खेलबाट २४ अंक जोडेर चौथो स्थानमा झर्दा फियोरेन्टिना १४ अंक जोडेर १५औं स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया