सुजता अम्गाई !
कोरोना भाईरसको कारण केहि महिनादेखि ठप्प भएको चलचित्र क्षेत्र अब भने खुल्ने भएको छ । कोरोना भाईरसले विभिन्न क्षेत्रलाई चपेटामा पारेको थियो। चपेटामा नै परेको क्षेत्र मध्ये एक हो चलचित्र क्षेत्र । अब हल संचालनमा आउने भएको छ । शुक्रबारबाट हल संचालन गर्ने तयारी गर्न हल व्यवसायीहरु अहिले आन्तरिक तयारीमा व्यस्त छन् ।
सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरिसकेको छ । योसँगै पौष १० गते हलमा कुन चलचित्र चल्छ भन्ने चासो पनि छ । तर अब आउने शुक्रबारबाट हलमा ‘आमा र सेन्टी भाइरस’ चलाउने तयारी गरिएको छ ।
यी दुबै चलचित्र हलमा रिलिज भैरहेको समयमा कोरोना भाइरसको महामारीका कारण लकडाउन भएको थियो । जसलेगर्दा, यी दुबै चलचित्रलाई समस्या परेको थियो । देशभरका हल व्यवसायीहरु शुक्रबारबाट हल खोल्न उत्साहित छन् । ९ महिनादेखि बन्द रहेका हलहरुको सरसफाइमा हल व्यवसायीहरु लागेको छ ।
प्रतिक्रिया