Logo

प्रमुख समाचार

रोकिएन रेष्टुरेण्टको लुटतन्त्र, यसरी ठगिदैछन् ग्राहक



रेष्टुरेण्टहरुको ग्राहक लुट्ने धन्दा चारैतिर फैलिएको छ । खाजाघर देखि लिएर विभिन्न खालका तारे हहोटलहरुले समेत उपभाक्तालाई लुट्ने गरेका छन् ।

कसैले मनोमानी सामान शुल्क लगाएर लुटिरहेका छन् । कसैले केहि अन्य तरिकाबाट लुटिरहेका छन् । ति होटल तथा खाजाघरहरुको मुल्यमा एकरुपता ल्याउन सम्बन्धित निकायले ध्यान नदिँदा उपभोक्तहरु लुटिने गरेका छन् ।

पछिल्लो समय विगत केहि वर्षदेखि रेष्टुरेण्टहरुले उपभधोक्ताबाट असुल्दै आएको १० प्रतिशत सेवा शुल्क यहि माघ १५ गतेदेखि रेष्टुरेण्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान)ले हटाएको छ । तर, त्यसको कार्यान्वायन भने फितलो देखिएको छ ।

रेबानले उपभोक्तहरु मारमा परेको भन्दै उक्त शुल्क बन्द गराएको थियो । २०६३ सालदेखि लिँदै आएको १० प्रतिशत सेवा शुल्क रेबानले क्रमशः देशैभरीका रेष्टुरेण्टबाट हटाउन आफ्ना सबै सदस्यलाई परिपत्र समेत गरिसकेको तत्कालिन अवस्थामा केहि रेष्टुरेण्टहरुले भने बन्द नगरेको पाईएको हो ।

यो निर्णयको विरोधमा रेबानका मजदूरहरुले आन्दोलन समेत गरे । उनीहरुले रेवानले मजदूरको हित विपरीतको काम गरेको भन्दै श्रम विभागमा उजुरी पनि दिएका थिए । रेष्टुरेण्टमा काम गर्ने मजदूरहरुका ट्रेड युनियनले विरोध गरेपछि श्रम विभागमा वार्ता पनि भएको थियो ।

तर उपभोक्तावादी संस्थाले सेवा शुल्क हटाउनुपर्ने माग राखेर सर्वोच्चमा रिट दायर गरेकाले १० प्रतिशत सेवा शुल्कको बारेमा वार्ता र आन्दोलन सेलायो ।

 

यसकारण हटाईएको थियो सेवा शुल्क

– उपभोक्तालाई भार परेको
– सेवा शुल्क अनिवार्य हुँदा मजदूरले ग्राहकको सेवा सुविधामा ध्यान दिएकोले
– मजदूरको न्यूनतम पारिश्रमिक बढेकोले
– सामाजिक सुरक्षामा सहभागी भएकाले
– उपभोक्तावादीले पटक–पटक अदालत मुद्दा हालेको
– मजदूरलाई उठाएको पैसा संघ संस्थाको नाममा जम्मा भएकाले
– विदेशका धेरै देशले यो शुल्क हटाएकाले

रेष्टुरेण्ट तथा बारमा काम गर्ने मजदूरहरु रेबानले कच्चा निर्णय गरेकाले १० प्रतिशत सेवा शुल्क कतै लागू भएको र कतै लागू नभएको बताउँछन् । हतारमा निर्णय गरेकाले सबै रेष्टुरेण्ट तथा बारले यो निर्णय लागू नगरेको मजदूरहरुको भनाइ छ ।

प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार  ६ : १२ बजे