Logo

कंगनाको जयालाई प्रश्नः तपाईंको छोरा पनि झुण्डिएको भए तपाईं यस्तै भन्नुहुन्थ्यो ?



बलिउडमा ड्रग विवादमा अब समाजवादी पार्टीकी सांसद जया बच्चन र भाजपा सांसद रवि किशन र नायिका कंगना रनौट आमनेसामने भएका छन् । मनसुन सत्रको दोस्रो दिन मंगलबार राज्यसभामा जया बच्चनले कसैको पनि नाम नलिइकनै भनिन्, ‘फिल्म इन्डष्ट्रिमा नाम कमाउनेहरुले नै यसलाई नाली भनिरहेका छन् । मलाई आशा छ कि सरकारले यस्ता मानिसहरुलाई यस्ता भाषाको प्रयोग नगर्न भनोस् ।’

यसमा कंगनाले भनिन्, ‘तपाईंको छोरा पासोमा झुण्डिरहेको भेटिए पनि तपाईंले यस्तै भन्नुहुन्थ्यो ?

जया बच्चनले भनिन्, ‘केही मानिसहरुका कारण तपाईं पूरा उद्योगको छविलाई धुमिल पार्न सक्नुहुन्नँ । मलाई लाज लाग्छ कि हिजो लोकसभामा हाम्रा सदस्यका एक सदस्य, जो फिल्म उद्योगसँग जोडिएका छन्, उनले यसविरुद्ध बोले । यो लज्जाको विषय हो । तपाईं जुन थालमा खानुहुन्छ त्यसमा प्वाल पार्न सक्नुहुन्नँ ।’ वास्तवमा, जयाको यो बयान सुशान्तको मृत्युपछि बलिउडसँग कंगना रनोटको विवाद र भाजपा सांसद रवि किशनको लोकसभामा दिइएको बयानसँग जोडिएर हेरिएको छ ।

कंगनाले जयाको भाषणसहित ट्वीट गरिन् :

Jaya ji would you say the same thing if in my place it was your daughter Shweta beaten, drugged and molested as a teenage, would you say the same thing if Abhieshek complained about bullying and harassment constantly and found hanging one day? Show compassion for us also 🙏 https://t.co/gazngMu2bA

— Kangana Ranaut (@KanganaTeam) September 15, 2020 “>

‘जया जी, मेरो साटो तपाईंकी छोरीलाई कुटिएको भए, ड्रग्स दिइएको भए र युवावस्थामा शोषण भएको भए यस्तै भन्न सक्नुहुन्थ्यो । यदि अभिषेकले लगातार शोषणको कुरा गरेको भए वा उनलाई एकदिन झुण्डिएको अवस्थामा भेटेको भए, तपाईंले यस्तै भन्न सक्नुहुन्थ्यो रु हामीमाथि सहानूभूति राख्नुहोस् ।’

रवि किशनले भने, ‘आज इन्डष्ट्रिलाई जोगाउन आवश्यक’

जया बच्चनको बयानमा रवि किशनले मंगलबार भने, ‘मलाई आशा थियो कि जयाजी मेरो समर्थन गर्थिन् । इन्डष्ट्रिमा सबैजना ड्रग्स लिँदैनन् । तर जसले लिन्छन्, उनीहरु संसारको सबैभन्दा ठूलो फिल्म इन्डष्ट्रिलाई समाप्त गर्ने योजनाका हिस्सा हुन् । जब मैले र जयाजीले फिल्म इन्डष्ट्रि ज्वाइन गरेका थियौं तब स्थिती यस्तो थिएन, तर आज इन्डष्ट्रिलाई जोगाउन आवश्यक छ ।’

रवि किशनले लोकसभामा के भनेका थिए ?

वास्तवमा, सोमबार भाजपा सांसद रवि किशनले लोकसभामा ड्रग्स र बलिउड कनेक्सनको मुद्दा उठाएका थिए । उनले शून्य समयमा भने,  ‘पाकिस्तान र चीनबाट ड्रग्सको तस्करी भइरहेको छ । यो देशको युवा पिढिलाई बर्बाद गर्ने षड्यन्त्र हो । हाम्रो फिल्म उद्योगमा यसको पैठ भइसकेको छ र एनसीबीले यसको अनुसन्धान भइरहेको छ । यो मामिलामा कडा कारवाही होस् भन्ने मेरो माग छ ।

 

प्रकाशित मिति : भाद्र ३१, २०७७ बुधबार  ६ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।