बाराको जिल्ला प्रशासन कार्यालय बाराका चालक जगतनाराणय राउत कुर्मीकी श्रीमतीको नाममा करोडौंको जग्गा रहेको खुलेको छ । प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको सवारीसाधन दुर्घटना गराएको भनी ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा रहेका चालकले आफ्नी श्रीमति प्रेमशीलादेवी कुर्मीको नाममा करोडौँ मूल्यको जग्गाबाट ५ कठ्ठा हिस्सा पाएको जनाईएको छ ।
यस्तै कुर्मिले आफन्त र श्रीमतीको नाममा यसको २० गुणाभन्दा बढी जग्गा जोडेको समेत खुलेको छ । साविक ब्रह्मपुरी १ हाल कलैया उपमहानगरपालिका १७ निवासी कुर्मीले प्रमुख जिल्ला अधिकारीको गाडी चालक हुनुभन्दा पहिले परिवार पाल्न अरुको घरमा चालकको काम गर्ने गरेका ब्रह्मपुरीका स्थानीयले बताएका छन् ।
उनकी श्रीमतीको नाममा कलैया उत्तरझिटकैया र ब्रह्मपुरीमा गरी करोडौँ मूल्य पर्ने घडेरी र खेती गर्ने जग्गा फेला परेको छ । साविक कलैया ६ हाल कलैया उपमहानगरपालिका १ मोतीबाघमा कित्ता नं। १२७८ को ४ धुर, कित्ता नं। १२८२ को १ धुर घडेरी फेला परेको छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
प्रतिक्रिया