Logo

राजनीति

कुकुरभन्दा बढी खतरनाक र विषालु सर्प, ‘कम्युनिस्टहरू निरंकुश हुन्, बोल्ने सोमत हुँदैन’



सरकारले सामाजिक सञ्जालमा कडाइ गर्ने गरेर सूचना तथा सञ्चार विधेयक संसदमा पेश भएपछि अहिले सामाजिक सञ्जालमा विरोध सुरु भएको छ । सरकारले गरेका विभिन्न कामहरुबाट सरकारको आलोचना बढ्न थालेको हो ।

अहिले सरकारले ल्याएको विधेयकले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन गरेको आरोप समेत लागेको छ । संविधान विपरितका प्रावधानहरू राखेको भन्दै नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले विरोध जनाइ सकेका छन् ।

पत्रकार कुशुम भट्टराईले पनि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर सत्तारुढ कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूको बिगतको इतिहाँस उजागर गरिदिएका छन् । उनले कम्युनिस्ट सरकारले ल्याएको सामाजिक सञ्जाल नियन्त्रण गर्ने सम्बन्धी विधेयकको नाम नलिएर आलोचना गरेका छन् ।

‘एमालेका कार्यकर्ता नै थिए, जसले कुनैबेला ‘तालुुखुइले गिरिजा, भारततिर छिरिजा’सम्मका अभद्र शब्दहरू बोलेर देशको बहालवाला प्रधानमन्त्रीको अपमान गर्न हिचकिचाउँदैनथे । त्यसो गर्नु उनीहरूको दृष्टिमा ‘क्रान्तिकारीता’ मानिन्थ्यो’, भट्टराईले भनेका छन् ।

‘दरबारमा विराजमान राष्ट्र प्रमुख तात्कालीन राजा ज्ञानेन्द्र शाहलाई ‘मूर्ति चोर’ अनि युवराज पारस शाहलाई ‘गुण्डा’सम्मका शब्दहरू उरालेर अपमान गर्नेहरू पनि हाल नेकपाका युवा नै थिए’, उनले भनेका छन् । पत्रकार भट्टराईले राष्ट्रिय सभामा तात्कालीन एमालेका सांसद गोल्छे सार्कीले कांग्रेस नेता रामचन्द्र पौडेलमाथि हातपात गर्दा एमालेका कार्यकर्ताले थपडी बजाएकै हुन् भनेर विगतको इतिहाँस बाहिर ल्याइदिएका छन् ।

नेपाली राजनीतिमा भाषाको शिष्टता र भद्रता बिगार्ने काम नेपालका कम्युनिष्टहरूले गर्दै आएको उनले बताएका छन् ।‘कम्युनिष्टहरूवीच नै निम्नकोटीको निकृष्ट आरोप प्रत्यारोप हामीले नसुनेको हैन’, उनले भनेका छन्, ‘मोहनविक्रमले पुष्पलाललाई भक्कुमार गाली गरेर ‘गद्दार पुष्पलाल’ शीर्षकको किताब निकालेदेखि नै कम्युनिष्टहरूमा शिष्टता र मर्यादाको अभावको इतिहास पाउँछौं ।’
‘कम्युनिष्टहरूमा बोलीको सोमत पटक्कै हुँदैन । कम्युनिष्टहरू आपसमा बाझाबाझ गर्दा ‘भारतीय दलाल’, ‘रअ र सिआइएको एजेन्ट’, ‘दरबारको नोकर’ आदि अनेक आक्षेप लगाउन पछि पर्दैैनन्’, पत्रकार भट्टराईले भनेका छन् ।

‘पशुपति शर्माले ‘कुकुर’ शब्द उच्चारण गर्दा के आपत्ति भयो ? कुकुरभन्दा बढी खतरनाक र विषालु त सर्प हैन र ? युवा सँघका कार्यकर्तालाई हेक्का रहोस्, कुनैबेला नेकपा (माओवादी)का नेताहरू एमालेलाई ‘घाँसमा लुकेको हरियो सर्प’ भन्थे’, भट्टराईले आफ्नो स्टाटसमा लेखेका छन् ।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  १० : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।