Logo

प्रमुख समाचार

७ जनाको शव निकाल्यौं, हेलिकप्टर खरानी : प्रत्यक्षदर्शी



संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त भएको छ ।दुर्घटनामा परी मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको छ । घटनास्थल ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १० सिस्नेमा पर्छ ।

प्रत्यक्षदर्शी जगत कार्कीले लोकान्तरलाई बताएअनुसार हेलिकप्टर सिस्ने भीरमा ठोक्किएर खसेको हो ।दुर्घटनास्थलबाट ७ जनाको शव निकालिएको कार्कीले बताए । ‘सात जनाको शव निकालेका छौं । शव चिन्न नसकिने अवस्थामा छ । आर्मीको एउटा जुत्ता पनि भेटिएको छ,’ कार्कीले भने ।

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  १० : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।