Logo

राजनीति

मन्त्रिपरिषद् पुनर्गठनबारे ओली-प्रचण्ड वार्ता, यस्तो छ निकर्ष



विराटनगर । नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । दुई अध्यक्षबीच मंगलबार विहान छलफल भएको प्रधानमन्त्री स्रोतले जनाएको छ ।

यस्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसरा प्रधानमन्त्री ओलीको सल्लाहा अनुसार मन्त्री पुर्नगठन गरिने छ । तर, अहिले नै गरिहाल्ने की अलि ढिलो गर्ने भन्ने विषयमा छलफल बाँकी रहेको छ ।

‘मैले यो तपाईंको मूल्यांकनमा भर पर्ने कुरा हो, र अधिकार क्षेत्र पनि तपाईकै हो भनेको छु । तपाई नै निर्णय गर्नुस् भनेको छु । ’

एक बर्षको अवधीमा अपेक्षा अनुसार काम गर्न नसके पनि पूर्वाधारका क्षेत्रमा भने काम भएको प्रचण्डले बताए । कानुन निर्माण, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलन ल्याउन र सामाजिक सुरक्षाका कार्यक्रम लागु गर्न सरकार सफल भएको उनको भनाइ छ ।

नेकपा अध्यक्ष प्रचण्डले सिके राउत समूहसँग सरकारले गरेको सहमतिमा आफ्नो समर्थन रहेको बताए । सरकार र पार्टीको अहिलेको ध्यान पृथकतावादी आन्दोलन लागेका मानिसहरुलाई राष्ट्रिय एकताको मुल धारमा ल्याउने र संविधानको स्वीकार्यता बढाउने भएको भन्दै उनले पार्टीका नेताहरुले यसबारे बाहिर धेरै नबोल्दा राम्रो हुने बताए ।

सिके राउत समूहलाई आफ्नो कार्यकर्तालाई सम्झाउन केही समय लागेको हुनसक्ने भन्दै सहमति कार्यान्वयनबारे हतार गर्न जरुरी नभएको बताए । उनले भने ‘ सायद उहाँहरुलाई आफ्ना कार्यकर्तालाई सम्झाउने वातावरण पनि चाहिएको होला ।’

राउत समूहका उपसंयोजकले सम्झौताप्रति प्रतिवद्ध रहेको भनी विज्ञप्ति प्रकाशित गरेको बताउदै प्रचण्डले हतार गर्नुपर्ने अवस्था नरहेको बताए । सरकार र पार्टीको ध्यान पृथकतावादमा लागेका व्यक्तिलाई मूलधारमा ल्याउदै राष्ट्रिय एकता मजबुत बनाउनेतिर रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : फाल्गुन २८, २०७५ मंगलबार  ९ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।