Logo

राजनीति

प्रधानमन्त्री ओलीको विप्लवलाई चेतावनी बम पड्काउने र पैसा असुल्ने देशद्रोहीसंग वार्ता होईन कारवाहि गरिन्छ



प्रधानमन्त्री केपी शर्मा ओलीले बम पड्काउने र पैसा असुल्ने विप्लव समूहसंग वार्ता गर्नुको औचित्य नभएको औल्याएका छन् । प्रभानमन्त्री ओलीले मंगलबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसंगको भेटघाटका क्रममा देश द्रोहीसंग वार्ता हैन् कानुनी कठघारामा ल्याएर कारवाहि गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने ‘कतिपयले वार्ता गर्नुपर्‍यो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैन ।’ यस्ता कामहरु आतंकारी र देश द्रोहीले मात्र गर्छन् । प्रधानमन्त्रीले भने ‘जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’

फागुन २४ गते वैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा ध्यानाकर्षण गराउन आएको व्यवसायीको टोलीसँग प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लवको नाम नलिई एउटा गिरोहले कम्युनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको बताए ।

‘कम्युनिष्टले त युवाहरुलाई कर्मशील हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो’ उनले भने ‘यहाँ त कम्युनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।’

प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटको घटनाबारे सरकारले छानविन गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : फाल्गुन २८, २०७५ मंगलबार  ९ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।