Logo

प्रमुख समाचार

सरकारले किन लगायो विप्लवुका क्रियाकलापमाथि प्रतिवन्ध !



 सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका क्रियाकलापमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । विप्लव समूहका क्रियाकलाप आतंककारी र आपराधिक भएको निश्कर्ष सहित उसमाथि प्रतिवन्धको घोषणा गरेको हो ।

मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले विप्लव समूहका क्रियाकलापमा रोक लगाउने निर्णय गरेको हो । विप्लव समूहका क्रियाकलापलाई कडाइका साथ नियन्त्रण गर्ने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले जानकारी दियो ।

गत शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई लुटेराको संज्ञा दिएका थिए ।  पछिल्ला दिनमा सार्वजनिक स्थानमा विस्फोटका घटना गराउँदै हिँडेपछि विप्लव समूहप्रति सरकारले कठोर रणनीति अख्तियार गर्न लागेको हो ।

प्रकाशित मिति : फाल्गुन २८, २०७५ मंगलबार  ४ : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।