Logo

राजनीति

विप्लवका गतिविधीले ओली–प्रचण्डलाई तनाव, बालुवाटारमा आकस्मिक बैठक



प्रधानमन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले उक्त बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल सहित पाँच जना नेतालाई विहिबार विहान बालुवाटारमा बोलाएर असन्तुष्टि पोखेका हुन् ।

स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले सरकारलाई कमजोर बनाउने खालको छलफल नगर्नसमेत नेताहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टीका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलाई बोलाएका थिए। उनीहरूले बुधबार प्रचण्ड निवास भैंसीपाटीमा प्रधानमन्त्री ओलीले संस्थागत रूपमा चल्न नखोजको, विप्लवमाथिको प्रतिबन्धमा पार्टीसँग कुनै परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका थिए।

छलफलमा सहभागी नेताहरुले पार्टीका सबै निर्णय संस्थागत रुपमा अगाडि बढाउनुपर्ने, स्थायी समिति तथा केन्द्रीय समितिमा छलफल गर्नुपर्ने भन्दै त्यसो नभएको गुनासो गरेको एक नेताले बताए।प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण विषयमा पार्टीमा छलफल नगरेको भन्दै यसअघिदेखि नै पार्टीमा असन्तुष्टि बढ्दै गएको छ। सरकारले सिके राउतसँग गरेको सहमतिलाई लिएर समेत नेताहरु विभाजित छन् । पछिल्लो चरणमा ओलीको गतिविधि एकलौटी भएको भन्दै पार्टीमा प्रचण्डसहित सचिवालयको बहुमत सदस्य असन्तुष्ट छन् ।

सिके राउतसँगको नाटकीय सम्झौता र विप्लपमाथि अचानक लगाइएको प्रतिबन्धले नेकपाको आन्तरिक राजनीतिक तातिएको छ। पार्टिभित्र पर्याप्त छलफल नगरीकन हतारमा गरिएको भन्दै असन्तुष्टी मात्र होइन, विरोध भएको छ।

प्रकाशित मिति : फाल्गुन ३०, २०७५ बिहीबार  ८ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।