Logo

राजनीति

विप्लवले प्रचण्डलाई मार्ने थाहा पाएपछि…



नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेकपाले प्रचण्डलाई मार्ने भन्दै सुची तयार पारेको छ । उक्त जानकारी प्रचण्डले पाएपछि यसरी कसैले केहि गर्न नसक्ने टिप्पणि गरेका छन् ।

प्रचण्डले हिजो आफुले गरेको जनक्रान्तिको नक्कल गरेर कोही सफल हुन नसक्ने बताएका छन् । प्रचण्डले यस्ता हावादारी कुराले आफु नडराउने  समेत बताएका छन् ।

विप्लव समुहले आफुलाई मार्ने सूचीको पहिलो नम्वरमा राखेको भन्दै उनीहरुप्रति दया लागेको उनले बताए । उनले भने, ‘विप्लव समुहले मलाई मार्ने सूचीमा राखेको थाहा पाएँ, दया लाग्यो ।’ हत्या हिंसा गरेर अर्को सामन्तवाद र प्रतिगमन ल्याउन त खोजेका हैनन ? भन्दै उनले विप्लव समुहलाई गम्भीर भएर सोच्न आग्रह गरे ।

सरकार कानुन अनुसार अघि बढ्ने भन्दै उनले कानुन सबैले मान्नु पर्ने बताए । साथै प्रचण्डले विप्लववलाई चेतावनी दिदै अब सहमति आउन माग समेत गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन ३०, २०७५ बिहीबार  ९ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।