Logo

राजनीति

योगी आदित्यनाथ भ्रमण प्रकरण : जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !



राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई लक्षित गर्दै जनकपुरको विवाहपञ्चमीलाई विवादीत बनाउने कार्यमा लागेको आरोप लगाएका छन् ।

जनकपुरमा आयोजित विद्यापति ट्रष्टको विद्यापति स्मृति पर्वको समापन समारोहमा बोल्दै शनिबार संयोजक महतोले उपसभापतिले जनकपुरवासीको भावनामाथि खेलवाड गरेको भन्दै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणलाई पूर्ण सफलताको शिखरमा पुर्याउन सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने जिकिर गरेका छन् ।

संयोजक महतोले भनेका छन्, जनकपुरवासीले अत्यन्त आह्लादका साथ रामजानकी विवाहमहोत्सवको अवसरमा मुख्यमन्त्री योगीलाई जनकपुर आउनबाट रोक्नु भनेको यहाँको सांस्कृतिक सम्पदा, धरोहरलाई उचित सम्मान नदिनु हो । निधिले त्यहाँको सांस्कृतिक संरक्षण तथा विकासमा बारम्बर अवरोध खडा गरिराखेको भन्दै उनले यस्तो कार्य नगर्न चेतावनी समेत दिएका छन् ।

यस्तै महतोले आफू पूर्व अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरको स्वयम् हस्ताक्षरित तथा बहुमतबाट चक्रिय प्रणाली अनुसार अध्यक्ष मण्डलको संयोजकको रुपमा निर्वाचित भएको दावी समेत गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन ३०, २०७५ बिहीबार  ९ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।