Logo

प्रमुख समाचार

विप्लव विरुद्ध एक भएर लडौ, अब हामी मर्ने होईन मार्ने हो : चन्दन शाक्य



हामी नेपाली पार्टिका अध्यक्ष चन्दन शाक्यले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिको ज्यादति विरुद्ध सर्वसाधारणले एकजुट भएर लड्न आह्वान गरेका छन् । उनले विहिबार विप्लवले आह्वान गरेको देश बन्दको विरोध गर्र्दै नेपाली जनतालाई जनबादि क्रान्तिको नाममा मार्ने अधिकार कसैलाई नभएको वताए ।

कुराकानीको क्रममा उनले नेपाल र नेपालीको शिर उचो गर्नका लागि र जनताको हक हितका लागि राजा मात्रै एकजना शहि नेतृत्व कर्ता भएको बताउदै देशमा द्वन्द गर्नेहरुलाई जहाँको तहि कारवाहि छोपेर कारवाहि गर्न आह्वान गरेका छन् ।

अब नेपाली जनताले कसैले विश्वास दिलाउदैमा उनीहरुको पछि नलागि देशमा द्वन्द मच्चाउनेहरु विरुद्ध एक भएर लड्न आह्वान गरेका छन् । कुराकानीको क्रममा उनले भने अब हामी नडराउ आउनुहोस् । देशमा द्वन्द हुन नदिन एकजजजुट भएर विप्लवको सामना गरौ ।

उनले भने जनताले मर्ने दिन गए । यसैले अब हामी मर्ने होईन मार्ने हो ।

प्रकाशित मिति : फाल्गुन ३०, २०७५ बिहीबार  १२ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।