मल्टिपर्पस फाइनान्सले पुस १७ गतेबाट संस्थापक शेयर बिक्रि भएको छ । फाइनान्सले संस्थापक समूहको १७ लाख ५९ हजार ६२१ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको हो ।
यस संस्थापक समूहको शेयरमा सर्वसाधारणले पनि आवेदन दिन पाउनेछन् । जसमा माघ २ गतेसम्म मात्र लिलामी भर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गनपर्ने हुन्छ ।
बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं र मल्टिपर्पस फाइनान्सको केन्द्रीय कार्यालय, राजविराज सप्तरीबाट आवेदन दिन पाइने व्यवस्था मिलाइएको फाइनान्सले जनाएको छ ।
प्रतिक्रिया