लमजुङको बेशीशहर नजिक केन्द्रविन्दु भएर भूकम्प गएको छ । शनिबार दिउँसो ४ बजेर ३५ मिनेट जाँदा लमजुङको बाँझाखेत केन्द्रविन्दु भएको ३ रिक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
बेशीशहर क्षेत्रमा उक्त भूकम्पको कम्पन महसुस भएको थियो । बेशीशहर आसपासमा क्षेत्रमा उक्त भूकम्पको कम्पन महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गृह मन्त्रालय, राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रमार्फत् उक्त जानकारी दिइएको हो ।
प्रतिक्रिया