पञ्चाङ
२०७५ साल चैत्र १० गते आइतवार, तदनुसार २४ मांर्च २०१९, नेपाल संवत ११३९, चैत्रमासकोकृष्णपक्षको चतुथी तिथी, सुर्योदय विहान ६ः०६ मा हुनेछ भने सुर्यअस्त साँझ ६ः१६ मा हुनेछ ।
मेष राशी: संप्तम भागको चन्द्रमाले पति पत्नी बीचमा राम्रो सम्बन्ध रहनेछ । साजेदारी काममा फाइदा हुनेछ । चन्चलता उत्पन्न हुनेछ । आजको शुभ अंक २, शुभ रङ रातो ।
बृष राशी : छैंटम भावको चन्द्रमाले ऋण र रोगको सामना गर्नु पर्नेछ । शत्रुले दmुख दिनेछन् । डरको भावना पैदा हुनेछ । आजको शुभ अंक २, शुभ रङ आँकासे ।
मिथुन राशी : पञ्चम भावको चन्द्रमाले स्वास्थ्य राम्रो रहनेछ । शिक्षा क्षेत्रमा सफलता प्राप्त होला । मानशिक समस्या हुन सक्नेछ । आजको शुभ अंक १ , शुभ रङ चाँदी ।
कर्कट राशी : चतुर्थ भावको चन्द्रमाले पारिवारिक सम्बन्ध राम्रो हुनेछ । आमाको माया प्राप्त होला । वाहान प्राप्त हुने योग रहेको छ । आजको शुभ अंक ४, शुभ रङ खइरो ।
सिंह राशी : तृतीय भावको चन्द्रमाले साहशमा बृद्धि हुनेछ । बलबान भइने योग रहेकोछ । बोलिमा मधुरता आउनाले मनमा शान्ति रहनेछ । आजको शुभ अंक ७ ,शुभ रङ बैजनी ।
कन्या राशी : द्वितीय भावको चन्द्रमाले धन सञ्चय हुनेछ । प्रेम प्रश्ताव आउन सक्नेछ । नातेदारबाट घन आगमन हुने योग रहेको छ । आजको शुभ अंक ५, शुभ रङ हरियोे ।
तुला राशी : प्रथम भावको चन्द्रमाले चलाख तथा उत्साही भईनेछ । कार्यगर्ने क्षमतामा बृद्धि हुनेछ । महत्वकाँक्षा बृद्दि हुने योग रहेकोछ । आजको शुभ अंक ८, शुभ रङ सेतो ।
बृश्चिक राशी : द्वादश भावको चन्द्रमाले आर्थिक तनाबको सामना गर्नुपर्ने छ । सरकार तथा हाकिमले कस्ट दिन सक्नेछन । दिनभर छटपटी रहनेछ । आजको शुभ अंक ६, शुभ रङ खइरो ।
धनु राशी : एकादश भावको चन्द्रमाले आर्थिक लाभ प्राप्त हुने योग रहेकोछ ।सफलता प्राप्त हुने योग रहेको छ । सन्तान सुख प्राप्त हुनेछ । आजको शुभ अंक १, शुभ रङ हल्का पहेलो ।
मकर राशी: दशंम भावको चन्द्रमाले मानसम्मान प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । मित्रको संख्यामा बृद्धि हुनेछ । आजको शुभ अंक ६ , शुभ रङ गुलावी ।
कुम्भ राशी : नवंम भावको चन्द्रमाले भाग्य उदय हुनेछ । तिर्थ यात्राको सम्भावना रहेको छ । प्रशिद्धि प्राप्त हुने योग रहेको छ । आजको शुभ अंक ६, शुभ रङ हल्का निलोे ।
मिन राशी : अस्ठम भावको चन्द्रमाले चोटपटक तथा दूर्घटना हुनसक्नेछ । आँखामा पीडा उत्पनन हुनेछ । मानशिक तनाबको सामाना गर्नुपर्नेछ । आजको शुभ अंक ३, शुभ रङ निलो ।
प्रतिक्रिया