निर्वाचन आयोग आइतबारबाट नेतृत्वबिहिन भएको छ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादव ६ वर्षे पदावधि सकिएर विदा भएपछि आयोग नेतृत्वबिहिन भएको हो ।
निर्वाचन आयोगमा आइतबार आयोजित एक कार्यक्रमकाबीच यादवलाई बिदाई समेत गरिएको छ । २०६३ सालमा आयुक्तका रूपमा आयोग प्रवेश गरेका यादव २०६९ को नियुक्तीमा फेरि त्यही भूमिकामा रहेका थिए ।
तत्कालीन नेकपा माओवादीको सिफारिसमा आयुक्त बनेका यादव सोही पार्टीकै समर्थनमा प्रमुख आयुक्त भएका थिए । विदाइ कार्यक्रममा यादवले निर्वाचनका लागी आयोगलाई अधिकारप्राप्त बनाउनुपर्ने बताए । उनले निर्वाचनको मिति तोक्ने अधिकार पनि आयोगलाई दिने गरि व्यवस्था गर्नुपर्ने धारणा राखे ।
यादवको विदाईसंगै आयोगको इतिहासमा १४ औं प्रमुख आयुक्त आयोगभित्रबाटै आउने हो कि बाहिरबाट भन्ने विषय अहिले सबैको चासो बनेको छ । निर्वाचन आयोगको प्रमुख आयुक्तको पदावधि ६ वर्षको हुने व्यवस्था छ ।
प्रतिक्रिया