नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान नेतृत्वले विधिसम्मत तरिकाले कांग्रेस पार्टी चलाउन नसकेको भन्दै पार्टीलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।
झापाको विर्तामोडमा आज कार्यकर्ता भेटघाटमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले कांग्रेसमा केन्द्रीय सदस्य स्वतःमहाधिवेशन प्रतिनिधि हुने व्यवस्था र समानुपातिक सिटमा एकै व्यक्तिलाई आरक्षण दिइरहने प्रवृत्तिको अन्त्य अनिवार्य हुनुपर्ने बताए ।
कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले देश विखण्डनको मुद्दा बोक्ने सिके राउतसँग विवादास्पद सम्झौता र विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध गरेर सरकारले देश विखण्डनतर्फ लैजान लागेको आरोप लगाए ।
प्रतिक्रिया