Logo

पक्षाघात बालबालिकाका लागि खाद्यान्न सहयोग 



पोखरा फोटोग्रफर सङ्घ महिला उपसमितिले मस्तिष्क पक्षघात भएका बालबालिकालाई सहयोग गरेको छ । दानपेटिकामा सङ्कलन भएको रकम रु १७ हजार बराबरको खाद्यान्न सामग्री वितरण गरिएको हो ।

उपसमितिले एक वर्षसम्मको अवधिमा सङ्कलित रकमबाट सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको कार्यक्रम संयोजक पूर्णकुमारी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना भाइरसको असहज परिस्थितिमा पनि सङ्घमा आबद्ध दिदीबहिनीबाट अन्य खर्च कटाएर सङ्कलन गरेको रकम मस्तिस्क पक्षघात भएका बालबालिकालाई प्रदान गरिएको हो ।

मस्तिष्क पक्षाघातका कारण असहज परिस्थितिमा परेका बालबालिकाका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने साथी संसार नेपालका खुमकुमारी रानाको भनाइ छ । सो अवसरमा सङ्घका सदस्य नन्दकला पौडेल, पोखरा फोटोग्राफर सङ्घका निवर्तमान अध्यक्ष तुल्सीराम अधिकारीलगायतले फरक क्षमता भएका बालबालिकाका लागि आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस 

प्रकाशित मिति : पुष १२, २०७७ आईतबार  ११ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।