डान्सिङ शैलीको यस गीतमा युवा युवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा दुर्गेश थापा,रियाशा दाहाल,दिनेश थापा ‘आयुष’,मनोज ओली,उत्तम केसी र अस्मिता बस्नेतको दमदार नृत्य प्रस्तुति देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन्। भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ। गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो।


प्रतिक्रिया