Logo

शेयर बजार

नेप्सेमा अन्यौलता, नयाँ र पुरानो वेवसाइटमा छुट्टाछुट्टै कारोबार रकम, आज रातारात भयो लगभग ३२ करोडको कारोबार



आज नेप्सेमा अन्यौतला देखिएको छ । पुरानो वेवसाइट अनुसार आज नेप्से ५ दशमलव ३७ अंकले वृद्धि भएर १५४१.४० विन्दुमा रोकिएको छ । दिनभर १९४ कम्पनी कारोबारमा आएर ६३ लाख ६९ हजार ६ सय १८ कित्ता सेयर बिक्रि हुँदा १ अर्ब ८० करोड ५८ लाख १२ हजार १५ रुपैयाँ बराबरको कारोबार भएको छ । 
यता नयाँ वेवसाइट अनुसार सोही कम्पनीको ६३ लाख ८८ हजार ५ सय ५९ कित्ता सेयर बिक्रि हुँदा १ अर्ब ८१ करोड २२ लाख ७६ हजार ३ सय ९ रुपैयाँ बराबरको कारोबार भएको छ । 

रातारात लगभग ३२ करोडको कारोबार 

मंगलबार बजार बन्द हुँदा १ अर्ब ८० करोड १ लाख ९७ हजार रुपैयाँको सेयर कारोबार भएको थियो । तर रातारात कारोबार रकम बढेर २ अर्ब ११ करोड ९९ लाख ३९ हजार ५५८ रुपैयाँ पुगेको छ ।

रातारात नेप्सेको अन्य सूचक उस्तै भएपनि कम्पनीको सेयर कित्ता र र कारोबार रकममा अन्तर देखिएको छ ।

मंगलबार १९१ कम्पनीको ५७ लाख २३ हजार ५६३ कित्ता सेयर १ अर्ब ८० करोड १ लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको थियो । तर एकाएक बुधबार बिहान नेप्सेको सिस्टममा १९३ कम्पनीको ६६ लाख ९७ हजार ४९६ कित्ता सेयर २ अर्ब ११ करोड ९९ लाख ३९ हजार ५५८ रुपैयाँको सेयर किनबेच भएको देखिएको छ । यसर्थमा रातारात ३१ करोड ८८ लाख ४२ हजार ५५८ रुपैयाँ बढी कारोबार भएको देखिएको छ ।

 यद्यपी नेप्सेले पुरानो वेवसाइटलाई बन्द गर्न लागेकोले नयाँलाई मान्यता दिन लागेको स्रोतले जनाएको छ । त्यत्यैले पुरानोमा भन्दा पनि नयाँमा देखाएको तथ्याङकलाई आधार मान्नु पर्ने जनाएको छ ।
नेप्सेको प्रवक्ता मुराहरी पराजुलीले यस विषयमा सम्बन्धीत शाखामा बुझे पछि मात्रै के भएको रहेछ भन्न सकिने बताए ।

रातारात यसरी कारोबार हुनलाई वित्तीय अपराधको रुपमा लिुनपर्ने लगानीकर्ताको भनाइ रहेको छ । यस विषयमा धितोपत्र बोर्डले नेप्सेलाई रातारात ३१ करोड ८८ लाख रुपैयाँको कारोबार गरेपछि कसरी यो कारोबार भयो भनेर प्रस्टिकरण सोधेको छ ।

बोर्ड स्रोतका अनुसार मंगलबार एउटा र बुधबार बिहान कारोबार रकम के कसरी परिवर्तन भयो त्यसको लिखित जवाफ पठाउन नेप्सेलाई निर्देशन दिएको छ ।

यता बुधबार पनि नेप्सेको पुरानो वेवसाइटमा भने समस्या नै देखिएको छ । पुरानो वेवसाइट र नयाँमा सबै तथ्याङक गलत रहेको पाइएको छ । नेप्सेले पुरानो र नयाँ दुईवटा वेवसाइट चलाएर लगानीकर्तालाई थप अन्योलता सिर्जना सृजना गरेको छ ।

nnnnn.jpg

nepse-system.jpg

 

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ३ : १३ बजे