Logo

प्रहरीका ९ जना एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस



नेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

वरिष्ठ उपरीक्षक गणेश बहादुर ऐरलाई एक नम्बरमा डीआईजी बढुवा गर्न सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

एसएसपीहरु पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा देव बहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल शाह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरिएको बढुवा समितिले जनाएको छ  ।

Dip_News.jpeg

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार ०८:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।