Logo

लोकप्रिय गायक नेत्र भण्डारीको ‘ए पापिनी’ बोलको गित सार्वजनिक (भिडियोसहित) 



सुजता अम्गाई !

लोकप्रिय गायक नेत्र भण्डारी  र नलिमा परियारको कर्णप्रिय स्वरमा सजिएको ‘ए पापिनी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतलाई रिजन नेपालको च्यानलबाट सार्वजनिक गरिएको हो ।

सर्जक रमेश परियारको शब्द एवम् संगीत रहेको उक्त गीतलाई बिनोद बाजुरालीले एरेञ्ज गरेका हुन् । गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेको छ । सो गीतमा मोडलद्धय भिम खड्का, साया भण्डारी, पुष्पल शर्मा, राहुल रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

उक्त म्युजिक भिडियोलाई निर्देशक देबेन्द्र कुवंरले निर्देशन गरेका हुन् । अमित चापागाईले सम्पादन गरेको उक्त भिडियोलाई दिपक गिरीले खिचेका हुन् ।

भिडियो यहाँ हेर्न सकिन्छ :

 

प्रकाशित मिति : पुष १४, २०७७ मंगलबार  १२ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।