Logo

साउथ सुपरस्टार राम चरण कोरोना संक्रमित



दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार राम चरण तेजा कोरोना संक्रमित भएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल मार्फत् उक्त कुराको जानकारी गराएका हुन् । कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनी अहिले घरमै क्वारेन्टाइनमा बसेका छन् । उनले आफूसँग सम्पर्कमा आएका सबैलाई कोरोना टेस्ट गर्न समेत अपील गरेका छन् ।

राम चरणले आफूलाई अहिले कोरोनाको कुनै लक्षणहरू नदेखिएको र घरमै क्वारेन्टाइन बसेको जानकारी दिएका छन् । अब छिट्टै आफ्नो स्वास्थ्य स्थिति बारे जानकारी दिनेसमेत उनले उल्लेख गरेका छन् ।

cvvcvcvcvbcb.JPG

प्रकाशित मिति : पुष १४, २०७७ मंगलबार  ३ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।