Logo

श्रीलंका बिरुद्दको पहिलो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाको सानदार जित



दक्षिण अफ्रिकी पूर्व कप्तान फाफ डु प्लेसिस र डिएन एल्गरको सानदार ब्याटिङको मद्दतमा दक्षिण अफ्रिकाले पहिलो टेष्ट खेलमा श्रीलंकालाई ४५ रनको इनिङ अन्तरले हराएको छ ।

पहिलो इनिङमा २ सय २५ रनले पछि परेको श्रीलंका दोस्रो इनिङमा चौथो दिन ६५-२ को अवस्थाबाट सुरुवात गर्दा १ सय ८० रनमा अल आउट हुनेपछि इनिङ अन्तरले पराजित भएको हो । श्रीलंकाकालागि कुशल परेराले सर्वाधिक ६४ रनको योगदान दिए ।  

दक्षिण अफ्रिका पहिलो इनिङमा ६ सय २१ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिका फाफ डु प्लेसिसले आफ्नो टेष्ट करिअरकै उत्कृष्ट प्रर्दशन गर्नेक्रममा  १ सय ९९ रन बनाए । आफ्नो टेष्ट करिअरको पहिलो दोहोरो शतक बनाउन डु प्लेसिस मात्र एक रनले चुकेका थिए । 

त्यस्तै, ओपनर डिएन एल्गर ९५ रनमा आउट हुन पुगे । एडेन मारक्रम ६८, टेम्बा बभुमा ७१, केशव महाराज ७३ र वियन मुल्डर ३६ रनमा आउट भए

सुपर स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङ रोजेको श्रीलंका पहिलो इनिङमा ३ सय ९६ रनमा अल आउट भएको थियो । 

दोस्रो टेष्ट आइतबारबाट सुरु हुने छ । योसँगै दुई टेष्टको सिरिजमा घरेलु टोली दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ ।

प्रकाशित मिति : पुष १५, २०७७ बुधबार  १० : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।