भारतविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा पराजित भएको अष्ट्रेलियालाई अर्को ठुलो झट्का लागेको छ ।
दोस्रो टेस्ट क्रिकेटमा स्लो ओभर बलिङ्ग गरेको भन्दै अष्ट्रेलियाको म्याच फिसमा ४० प्रतिशत जरिवाना गरिएको छ । साथै अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को विश्व टेष्ट च्याम्पियनसिपमा पनि ४ अंक काटिने भएको छ ।
म्याच रेफ्री डेभिड बुनका अनुसार अष्ट्रेलिया टिमले निर्धारित समयमा दुई ओभर कम फालेको हो । सोही कारण उक्त जरिवाना तिर्नुपरेको हो ।
भारतले दोस्रो टेष्ट ८ विकेटले जितेको थियो । भारत र अष्ट्रेलियाको चार टेष्ट सिरिज १–१ को अवस्थामा छ ।
प्रतिक्रिया