Logo

उपासना ‘डिसेम्बर फल्स’का लागि नृत्य सिक्दै



सुजता अम्गाई !

नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘क्याप्टेन’ बाट नेपाली रजतपटमा प्रबेश गरेकी हुन् । उनले पछिल्लो समय चलचित्र ‘कबड्डी ३’ मा काम गरेपछि अध्ययनका कारण एक वर्ष कुनै चलचित्रमा काम गरिनन् । गत मंसिरमा चलचित्र ‘डिसेम्बर फल्स’ साइन गरेकी उपासना उक्त चलचित्रको लागि नृत्य सिक्दै छिन् । यस चलचित्रमा उनको जोडि अभिनेता आर्यन सिग्देलसँग बाँधिएको छ । नायक र नायिकाको उमेर अन्तरको कथा वाचन गर्ने चलचित्रलाई प्रवीण झाले निर्देशन गर्दैछन् ।

चलचित्रमा आफ्नो भूमिकालाई न्यायपूर्वक निर्वाह गर्न अहिले उनी नृत्य सिकिरहेकी छिन् । कोरियोग्राफर प्रविन सिंहको डान्स स्टुडियो ‘द डान्स हाउस’ मा उनले नृत्य सिकिरहेकी हुन् । 

चलचित्रमा आर्यन र उपासनासँगै सुमन थापा, सलोन बस्नेत, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारहरुको अभिनय रहनेछ । लक्ष्मण रिजाल कार्यकारी निर्माता र राजकुमार भट्ट निर्माता रहेको चलचित्रलाई रवि नायडुले खिच्ने भएका छन् । बिपिका खनालले लेखेको कथामा केदार भुसालको पटकथा र संवाद रहेको छ ।

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार १०:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।