सुजता अम्गाई !
बरिष्ठ सर्जन डा.प्रकाश पौडेलको गीत “यादका लहरहरु”सार्वजनिक भएको छ । नेपाली सुगम संगितमा सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको आवाजमा मेल भर्सन सार्वजनिक भएको छ । भने उक्त गीत र म्युजिक भिडियोप्रति दर्शकहरुबाट राम्रो प्रतिक्रिया आइरहेका छ ।
उक्त गीत एसियन म्युजिकद्धारा गत महिना नै सार्वजनिक भएकोे छ । एक प्रेमिल जोडीको साँचो प्रेमलाई मिठो तरिकाले प्रस्तुत गरिएको उक्त गीतमा राज सागरले संगित भरेका छन् भने गोपाल रसाइलीले संगित संयोजन गरेका छन् । त्यस्तै प्रविन श्रेष्ठले सम्पादन गरेको उक्त गीतको भिडियो निर्देशन हरि हुमागाँईले गरेका छन् ।
त्यस्तै उक्त गीतको भिडियोमा नेपाली चलचित्र जगतका महानायक राजेश हमाल र सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले अभिनय गरेका छन् । उनीहरुले एक प्रेमिल जोडीको मिठो सम्झनालाई कलात्मक तरिकाले प्रस्तुत गरेर गीतलाई अझै जीवन्त तुल्याएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् :
प्रतिक्रिया