क्रोएसियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प भएको छ ।
क्रोएसियाका सञ्चारमाध्यमहरुले बताए अनुसार उक्त भूकम्पमा परी कम्तीमा ७ जनाको ज्यान गएको छ ।
भूकम्पको धक्का क्रोएसियाको राजधानी जाग्रेबका साथै छिमेकी मुलुकहरु बोस्निया र सर्बियामा पनि महसुस गरिएको थियो ।
क्रोएसियाका प्रधानमन्त्री अन्द्रेज प्लेन्कोभिकले आफूहरुलाई पूर्ण रुपमा के कति जनाको ज्यान गएको जानकारी भने नभएको बताएका छन् । उनले सहयोगका लागि उक्त क्षेत्रमा सेना परिचालन गरिएका छन् ।
प्रतिक्रिया