Logo

प्रमुख समाचार

प्रहरीले काठमाडौँका सबै घरधनी र भाडावालको विवरण संकलन गर्दै, यस्तो छ कारण !



नेपाल प्रहरीले राजधानीका सबै घरधनी र भाडावालको विवरण संकलन अभियान सुरु गरेको छ । राजधानी काठमाडौंलाई अपराधमुक्त बनाउने उद्धेश्यका साथ यो अभियान सुरु गरिएको हो ।

परिसर काठमाडौंका एसएसपी वसन्त लामाका अनुसार काठमाडौंमा रहेका सबै वृत्त र प्रभागहरुको नेतृत्वमा काठमाडौं प्रहरीले विवरण संकलन सरु गरेको हो ।

उक्त विवरण संकलन गर्न करिब अझैँ ३ महिना लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म सुमदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २६ हजार बढी घरधनी र भाडावालको विवरण संकलन गरिएको प्रहरीले बताएको छ ।

राजधानीमा ५ देखि ६ लाख घरधुरी भएको प्रहरी अनुमान छ । काठमाडौं जिल्लामा मात्रै रैथाने र बाहिरबाट आएका गरी झण्डै ३० लाख मानिसको बसोबास रहेको अनुमान छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार १२:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।