Logo

समाचार

एनआईसी एशिया बैंकका ग्राहकलाई ह्याम्स हस्पिटलमा १०% सम्मको छुट



एन आई सी एशिया बैंक लिमिटेड र धुम्बाराही स्थित ह्याम्स हस्पिटल बीच स्वास्थ्य सेवामा छुट सम्वन्धि सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई ह्याम्स हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ह्याम्स हस्पिटलका अध्यक्ष आर एस भण्डारीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार १३:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।