Logo

खेलकुद

सनराइजर्सलाई हराउँदै मुम्बई इण्डियन्स आईपीएलको प्लेअफमा



सुपर ओभरमा सनराइजर्सलाई हराउँदै मुम्बई इण्डियन्स आईपीएलको प्लेअफमा मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग ‘आईपीएल’को प्लेअफमा स्थान बनाउन सफल भएको छ ।

बिहीबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बई प्लेअफमा पुग्न सफल भयो ।एक ओभर इलिमिनेटरमा मुम्बईका जस्प्रित बम्राहले दुई विकेट लिएपछि हैदराबादले पूरा ६ बल पनि खेल्न सकेन । उसले जम्मा ८ रन बनायो । जुन लक्ष्यलाई मुम्बईले तीन बलमै पूरा गर्‍यो ।

टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डिककले अविजित ६९ रनको योगदान दिए । रोहित शर्माले २४ रन नाउँदा शार्दुल यादवले २३ र हार्दिक पाण्ड्याले १८ रन बनाए । बलिङतर्फ हैदराबादका खालिल अहमदले तीन विकेट लिए ।

जितका लागि १६३ रनको लक्ष्य लिएको हैदराबाद पनि २० ओभरमा ६ विकेट गुमाउँदा १६२ रनमा नै सीमित बन्यो । मनिष पाण्डेले अविजित ७१ रन बनाए भने मोहम्मद नाबीले ३१ रन जोडे ।

यस्तै ऋद्धिमान शाहाले पनि २५ रनको योगदान दिए । बलिङतर्फ बुम्राह, क्रुनाल पाण्ड्या र हार्दिक पाण्ड्याले २–२ विकेट बाँडे ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार ०२:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।