Logo

प्रमुख समाचार

कर्मचारीका गुनासो वैशाखभित्रै सम्बोधन हुने



सरकारले समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो वैशाखभित्र सम्बोधन गर्ने तयारी गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सकेसम्म समायोजनमा गएका सबै कर्मचारीहरुको गुनासो यही वैशाख महिनाभित्र सम्बोधन गर्ने तयारीका साथ काम भैरहेको बताएका हुन् ।

शुक्रबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले महिला र बिरामी परेका कर्मचारीहरुको गुनासो सुनुवाइको कामलाई पहिलो प्राथमिकतामा राखिएको पनि स्पष्ट पारे ।

सरकारले प्रदेश फरक परेका, श्रीमान वा श्रीमती फरक–फरक ठाउँमा भएकाहरुलाई पायक पर्ने ठाउँमा समायोजनमा खटाउनेसहितको कानुनी व्यवस्था गरेको छ । त्यहीकानुन व्यवस्था अनुसार, कर्मचारीहरुको गुनासो सम्बोधनको काम भैरहेको मन्त्री पण्डितको भनाइ छ ।

मन्त्री पण्डितले समायोजनमा गएका प्रशासनतर्फका कर्मचारीहरुको गुनासो सम्बोधन गर्ने काम सकिएको र अहिले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको गुनासो सम्बोधनको काम भैरहेको पनि जानकारी दिए।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार ०९:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।