Logo

जीर्णोद्धार हुँदै नारायणहिटी दरबार संग्रहालय



 शाहवंशको साढे दुई सयवर्षे शासन इतिहासलाई एकीकृत ढंगले समेट्ने गरी नारायणहिटी दरबार संग्रहालयको जीर्णोद्धार भइरहेको छ । अन्य दरबारमा रहेका शाहकालीन भौतिक वस्तुहरूसमेत संग्रहालयमा राखिने भएको छ । दरबार हत्याकाण्डपछि पहिलो पटक दरबारको अग्रभागको प्रवेशद्वार रङरोगन र जीर्णोद्धार कार्य सकिएको छ ।

गत वर्ष गठित नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले बृहत् योजनासहित निर्माण कार्यलाई तीव्रता दिएको हो । जीर्णोद्धार सकेर संग्रहालय खुला हुन अझै केही महिना लाग्ने भएको छ । यसअघि आंशिक रूपमा खुलेको संग्रहालय लकडाउन भएयता बन्द छ ।

यो ऐतिहासिक दरबारको दक्षिण मोहडाको प्रवेशद्वारलाई गौरीशंकर ढोका भनेर चिनिन्छ । सम्पदाजन्य स्वर्ण, चाँदीजडित यमानको गौरीशंकरद्वार झलक्कै देखिन्छ । ढोकासम्म पुग्न शिलाबाट बनेका खुड्किलाहरूको दायाँबायाँ लहरै राखिएका सिंह, हात्ती, घोडा, मयुर र माछाको मूर्ति गाढा कालो रङमा टल्किएका छन् । दरबारको हरेक द्वार तथा ढोकाहरूको नाम हिमालको नामबाट राखिएका छन् । त्यसैगरी कोठा तथा कक्षहरू जिल्लाका नामबाट चिनाइएका छन् । ती कक्षहरू फरक–फरक विशेषताका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार  ८ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।