सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको कार्यावधि थप गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् ।
अमेरिकामा अर्को व्यक्ति राजदूत नियुक्त नभएसम्मका लागि उनको कार्यावधि थप गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका हुन् ।कार्की पाँच वर्षअघि तत्कालीन नेकपा एमालेको कोटाबाट अमेरिकाका राजदूत नियुक्त भएका थिए ।
गत फागुनमा अमेरिकाका लागि राजदूत कार्की र चीनका लागि राजदूत लीलामणि पौडेललाई मन्त्रीसरहको सुविधा दिने निर्णय गरेको थियो ।















प्रतिक्रिया