जीपले ठक्कर दिँदा बैतडीमा एक बालकको मृत्यु भएको छ ।बैतडीको डिलाशैनी गाउँपालिका ६ बांगाबगरमा सडक छेउमै खेलिरहेका ३ वर्षीय बालक युुकेश साउदको मृत्यु भएको हो ।
बिहीबार साढे तीन बजेतिर गोकुलेश्वरबाट सतबाँझतर्फ आउँदै गरेको से १ ज ६०३ नम्बरको जीपले ठक्कर दिएर गम्भीर घाइते भएका बालकको उपचार क्रममा गोकुलेश्वर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिएका छन् ।
बालकलाई ठक्कर दिएर भाग्दै गरेका जिपका चालक विक्रम बिष्टलाई दोगडाकेदार गाउँपालिका ६ सल्सेनाबाट प्रहरीले जिपसहित नियन्त्रणमा लिएको छ । दोषीलाई कारवाहीको माग राख्दै स्थानीयले अहिले महाकाली राजमार्गको सतबाँझ गोकुलेश्वर सडकखण्ड अन्तर्गत बांगाबगरमा सडक अवरुद्ध गरेका छन। दोषीलाई कानुन अनुसार कारवाही हुने प्रहरीले जनाएको छ।















प्रतिक्रिया