Logo

समाचार

विप्लव नेतृत्वको नेकपा कार्यकर्ता पक्राउ, प्रहरीद्धारा दुई राउन्ड हवाई फायर !



नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई प्रहरीले रुकुम पश्चिममा विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिन सफल भएको थियो ।
उनलाई जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । शर्मालाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी घाइते समेत भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार ०७:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।