सुचना तथा संचार मन्त्रालयले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी विधेयकका कारण सिंगो मिडिया जगत तरंगीत भएको छ । संविधानमा व्यवस्था भएको पुर्ण प्रेस स्वतन्त्रताको बर्खिलापमा विधयेक आउन लागेको भन्दै संचार जगत आन्दोलित भएको छ ।
लामो समय पत्रकारीता गरेका संचारमन्त्री गोकुल बास्कोटाले ल्याएको विधेयकका कारण मिडिया जगत आन्दोलित हुन पर्ने अवस्था आएको छ । पत्रकार महासंघ आन्दोलित बनेको छ भने सरकारले ल्याउन लागेका विधेयक तत्काल नसच्याए अन्तराष्टिय मिडिया मिसन गुहार्ने महासंघले चेतावनी दिएको छ ।
मिडिया सम्पादकहरुले समेत सरकारलाई आफ्नो कदम बाट पछि हट्न चेतावनी दिएका छन् । सत्तारुढ निकट पत्रकार संगठनकै मत बाझिएको छ ।
सत्तारुढ नेकपा निकट प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले विधेयक मिडियाको हितमा रहेको र आफुहरुको सल्लाहमै आएको बताएका छन् भने सोही संगठनका बरिष्ठ उपाध्यक्ष ओम शर्माले भने विधेयक परिमार्जन गर्नुको विकल्प नरहेको बताएका छन् । प्रेस संगठनकै अर्का अध्यक्ष गणेश बस्नेत पनि विधेयकको पक्षमा रहेका छन् ।
चौतर्फी विरोधको भोलुम बढ्दै गए पछि मन्त्री बास्कोटा चेपुवामा परेका छन् । उनले पत्रकारकै हितको लागी विधेयक आएको बताएका छन् तर यस पटकको अवस्था हेर्दा प्रेसर मन्त्रीको कावुमा देखिँदैन ।
पत्रकारको न्युनतम पारिश्रमिकको विषयले यस अघि नै मिडिया मालिकको आँखाको कसिंगर बनेका बास्कोटा यस पटक विधेयकका कारण पत्रकारको समेत तारो बनेका छन् । हक्की स्वभावका बास्कोटा त्यत्तिकै पछि हट्ने मुडमा छैनन् । घटनाक्रम हेर्दा बास्कोटा कि सक्ने कि सकिने बाटोमा लम्किएको देखिन्छ ।















प्रतिक्रिया