अनैतिक सम्बन्धको बच्चा जन्माएर झाडीमा फाल्ने महिला को हुन् ? सबैलाइ चासो लाग्ने गर्छ । सोमबार दिउँसो पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर नजिकैको बाँसघारीमा नवजात शिशु फेला पर्यो ।
बाँसघारीमा फालिएको बच्चा रुन सम्म सकेको थिएन् । नजिकै रगत र सालनाल पनि थियो । गाउँलेहरु सबै जम्मा भए, बच्चाको आमा को भन्ने थाहा नभए पनि धरैले संका काटिसकेका थिए, यो हो भनेर । केही समयमा प्रहरी गयो । सोधपुछ गरेपछि शिशुको आमा पत्ता लाग्यो ।
को हुन् त ती आमा ?
ती महिला हुन् सिमा मगर, जस्लाई अञ्जु भनेर चिनिन्छ । उनको घर उदयपुर हो तर हाल पोखरा बस्दै आएकी थिइन् । सिमा पोखरा लिदशोभाको घरमा बिगत एक बर्षदेखी भाडामा बस्दै आएकी थिईन् । तीन छोराछोरी रहेको सीमाको श्रीमानले अर्की ल्याएपछि दाजु भाउजुको साहारामा बस्दै आएकी थिईन् सीमा ।
उनको छुट्टै कोठा, अलगै भान्छा थियो । मजदुरी गर्ने उनी केही महिना देखी बिरामी भएको भन्दै काम समेत गर्न जादिनथिन् ।
अवैध सम्बन्ध को सँग राखिन ?
गत साउन महिनामा एक जना युवक अञ्जुको कोठामा आए । जुव युवक अञ्जुको परिवारले नचिनेका मानिस थिए । उनकी भदाइनी सर्मिला मगरका अनुसार त्यो युवक राती १० बजे आएका थिए । जस्लाई लिन सर्मिला र अञ्जु दुबैजना नजिकैको चोक समेत गएर कोठामा लिएर आएका थिए । मगरका अनुसार त्यी युवक त्यो रात अञ्जुको कोठामा बसे । र बिहान ५ बजे नै उठेर गए । घटना पछि बच्चाको बाबु भनिएका व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ तर जस्को नाम थर भने जानकारी दिएको छैन । बच्चा भने पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।















प्रतिक्रिया