Logo

शेयर बजार

आशा लघुवित्तले १५ दशमलव ७८ प्रतिशत लाभांश दिने 



आशा लघुवित्तले शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले १५.७८ प्रतिशत लाभांश दिने घोषणा हो । हिजो दिउँसो बसेको सञ्चालक समितिको बैठकले सोही घोषणा गरेको हो । 

आव २०७६÷७७ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश सहित १५.७८ प्रतिशत लाभांश दिने निर्णय गरेको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद दुलालले जनाएका छन् । 

कम्पनीले घोषणा गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनी सचिव दुलालले बताए । 

कम्पनीको हाल कायम चुक्ता पूँजी २३ करोड २२ लाख ८८ हजार रुपियाँ रहेको छ । 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  १२ : १० बजे