Logo

आरबी लाइपजिग जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लियो



आरबी लाइपजिगले भिएफबी स्टुटगार्टलाई १-० ले पराजित गरेपछि जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ । 

पहिलो हाफ बराबरीमा टुङ्गिएको खेलको दोस्रो हाफको ६७औं मिनेटमा ओल्मोले गरेको गोल लाइपजिगको जितमा निर्णायक बन्यो । 

जितसँगै लाइपजिग बुन्डेसलिगको शीर्ष स्थानमा उक्लिएको छ। लाइपजिगले १४ खेलबाट ३१ अंक जोडेको छ। जुन दोस्रो स्थानको बायर्न म्युनिखभन्दा एक अंकले माथि हो। यद्यपि, बायर्नले एक खेल कम खेलेको छ।

प्रकाशित मिति : १९ पुष २०७७, आईतवार १०:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।