Logo

काली काली भन्दै गायिकाको रुपमा आईन चम्सुरी  



मेरी बास्सै टेली सिरीयलकी चम्सुरी अर्थात पल्पसा डँगोल गायिकाको रुपमा आएकी छिन् । हास्य अभिनेत्रीको रुपमा परिचित उनले आफुलाई गायनमा पनि अघि बढाउँदै छिन् ।

पल्पसाले आफ्नो स्वरमा नयाँ गीत काली काली दिलवाली…बजारमा ल्याएकी छिन् । नयाँ वर्ष २०२१ को अबसर पारेर यसलाई रिलिज गरिएको हो ।
दुबईको विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको यो गीतको भिडियोमा पल्पसा आफैंले अभिनय गरेकी छिन् । उनले यो गीतमा आफुले यात्रा गर्दाको दृष्यलाई समेटेर यात्राप्रधान म्युजिक भिडियोको रुपमा बनाएकी छिन् । 

यो भिडियोलाई पल्पसा आफैंले निर्देशन गरेकी हुन् । जसमा रबिन भट्ट र अशोक चौधरीको सम्पादन रहेको छ । भिडियोलाई पल्पसाले आफ्नै युट्युव च्यानलबाट रिलिज गरेकी छिन् । भिडियोलाई पवन डँगोलले खिचेका हुन् । 

यो लगीतमा अशोक राईको सँगीत रहेको छ । गीतमा गायिका एवम् अभिनेत्री पल्पसाकै सुन्दरताको चर्चा गरिएको छ । उनको यो गीतलाई प्रकाश पौडेल र पल्पसा आफैंले सँयुक्त रुपमा लेखेका हुन् ।

 

प्रकाशित मिति : पुष १९, २०७७ आईतबार  १२ : ५७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।