रौतहट, गरुडा नगरपालिका-२ बाट सोही ठाउँ बस्ने २९ वर्षीय रामविश्वास सहनीलाई करिब ५ केजी अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाबजारबाट खटिएको प्रहरीले ना.५६ प २६५५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी चालक सहनीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया