घरेलु टिम अष्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्टमा बलियो सुरुवात गरेको छ ।
सिड्नीमा वर्षाले प्रभावित टेस्टको पहिलो दिनको खेल सकिदा अष्ट्रेलियाले २ विकेट गुमाएर १ सय ६६ रन बनाएको छ ।
अष्ट्रेलियाका मार्नुस लेबासचेन्नी ६७ र स्टिभ स्मिथले ३१ रनमा खेलिरहेका छन् । यस्तै, डेभिड वार्नर ५ रनमा आउट भए भने डेब्यु खेलाडी विल पुकोभ्सकीले ६२ रनको अर्धशतकीय पारी खेले ।
भारतका मोहमद सिराज र डेब्यु खेलाडी नबदिप शैनीले १/१ विकेट लिए ।
नियमित कप्तान विराट कोहली विदामा बसेकाले यस टेस्टमा पनि अजिन्क्य रहाणेले कप्तानी गरिरहेका छन् । भारतीय टिममा रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, अजिन्क्य रहाणे, हनुमा बिहारी, रिषभ पन्त, रबिन्द्र जडेजा, रविचन्द्रन अश्विन, नवदीप सैनी, जसप्रित बुमराह र मोहम्मद सिराज रहेका छन् ।
अस्ट्रेलियाली टिमको कप्तानी टिम पेनले गरेका छन् । अस्ट्रेलियाली टिमका अन्य खेलाडीमा विल पुकोभ्स्की, डेभिड वार्नर, मार्नस लाबुसाने, स्टिभन स्मिथ, क्यामरुन ग्रिन, म्याथ्यु वेड, प्याट कमिन्स, मिचेल स्टार्क, नाथन लायन, जस हेजलउड रहेका छन् ।
आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको ४ खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।
प्रतिक्रिया