जिल्लाको दमक, बेल्डाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
दमक नगरपालिका -३ स्थित भुटानी शरणार्थी सिविरको सेक्टर नम्बर डि ४ हट नम्बर ३२५ मा सोमबार राति करिब ७ बजेतिर आगलागी हुँदा घरभित्र सुतिरहेका प्यारालाइसिसका बिरामी ६० वर्षीय देशमान राईको मृत्यु भएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाबाट गएको दमकलको सहयोगमा अहिले आगलागी नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया