Logo

बाइकको सञ्चालन खर्चमा विद्युतीय कार, दिगोले लियो ‘इ८’  



दिगोले नेपालमा आफ्नो विद्युतिय सिटि कार इ८ बुकिङ सुरु गरेको छ । दिगोले नेपालमा विद्युतीय बाहनको क्रमिक विकासतर्फ अर्को कदम अघि बढाउँदै बढाउने क्रममा इ ८ सुरु गरेको हो । 

आधुनिक र ताजा डिजाइन देखिने दिगो इ८ वातावरणमैत्री नेपाली ग्राहकका लागि आधुनिक, नयाँपनको प्रयोगमा अग्रणी र नवोदित कार रहेको कम्पनीले जनाएको छ ।  

इ८ मा रातिको समयमा उत्तम खालको प्रकाश दिने ठूला हेडल्याम्प र दिउँसोको लागि शानदार एलइडी ल्याम्प छन् । अग्लो ढक्कन (बोन्नेट), अगाडिपट्टि कठिन मौसमी अवस्थामा पनि स्पष्ट प्रकाश दिने फगल्याम्प यसमा रहेको छ । यो फिचर यस सेग्मेन्टका कारमा पहिलोपटक आएको हो । अगाडिको बम्परले दुवैतिर फराकिलो सेन्टर एयर–ड्याम र एयर डक्टसको भल्को दिन्छ, जसले गाडीलाई चौडा रुप दिएको छ । पछाडिपट्टि बम्पर र एलइडी टेललाइट छन् ।

७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट युनिट भएको स्पोर्ट र इको ड्राइभ मोडमा बदल्न मिल्ने अप्सन र अटोमेटिक ट्रान्समिसनयुक्त रहेको छ ।  सहरी यात्राका लागि यसको स्वचालित गेयर पर्याप्त छ । 

पोर्सबाट प्रेरित अटोमेटिक ट्रान्समिसन गेयर सहितको रेयर क्यामेराले पछाडिको नदेखिने भाग (ब्लाइन्ड स्पट) लाई कम गराउँदै गाडी ब्याक गर्दा ठोक्किने सम्भावना न्यून रहेको छ । 
यसमा १८ स्टोरेज स्पेस रहेको छ । 

पावर विन्डो, पावर स्टेरिङ, एडजस्टेबल हेडरेस्ट, सेफ्टी बेल्ट, एयर कन्डिसनिङ, युएसबी चार्जर, सिग्रेट लाइट, साइड इन्डिकेटरसहितको इलेक्ट्रिक ओआरभिएम पनि छ । 

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार  १० : ३७ बजे