Logo

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु



मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएर एक ट्रयाक्टर सडकदेखि खस्दा चालकको मृत्यु भएको छ । ध १ त ४७१२ नम्बरको खाली ट्रयाक्टर मङ्गलबार राति १० बजे बागलुङ नगरपालिका–३ बोक्सेगैह्रामा सडकदेखि १५० मिटर तल खसेको थियो । 

घटनामा म्याग्दीको धौलागिरि गाउँपालिका–७ मुना घर भएका २९ वर्षीय चालक केशबहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले बताएका छन्  । घटनामा सहचालक सकुशल भेटिएका थिए । 

मङ्गलबार नैै ढोरपाटन नगरपालिका-९ को नवचेतना प्राविकी शिक्षक मृत फेला परेकी छन् । स्थानीय भुजीखोलामा विद्यालय पोशाकमै उनको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । उनको झोला, मोवाइललगायत सामान खोला छेउमै भेटिएका थिए । नहरका छेउबाट हिंड्दा लडेको जस्तो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : पुष २९, २०७७ बुधबार  ११ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।